मौसम : पहाडी भू-भागमा भारी र तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर र छ। मनसुन नेपालको पूर्वी भू-भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ। आज बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।