महाकाली नदीमा जलसतह खतराको तह नाघ्दा शारदा ब्यारेजमा सवारी आवागमन रोकियो

धनगढी । लगातारको वर्षासँगै महाकाली नदीको जलसतह खतराको तह नाघेपछि शारदा ब्यारेज भएर हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा मंगलबार बिहानदेखि रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार मंगलबार बिहान पानीको बहाव एक लाख २४ हजार क्युसेक पुगेपछि सुरक्षाका दृष्टिकोणले यातायात बन्द गरिएको हो।
महाकाली नदीमा एक लाख क्युसेकभन्दा बढी पानीको बहावलाई खतराको तह मानिन्छ। यद्यपि तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह उच्च बनेको जनाइएको छ।
प्रहरीले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ भने जलसतह सामान्य नहुँदासम्म सवारी आवागमन रोक्ने निर्णय लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर