स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आज बिहान आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँमा सडक कटान गरी बगाएपछि अवरुद्ध भएको हो । घट्टेखोला र टिमुरेको बीच स्थानमा सडक कटान गरेको छ भने कल्याङकुलुङ तथा रोङ खोला नजिक पनि सडक कटान गरी केही टहराहरू बगाएको छ । यसैगरी स्याउ पार्किङ, आर्मी ब्यारेक नजिक पनि सडक कटान गरेको छ ।

त्यस्तै २४ गतेको बाढीमा फसेका २ वटा पिक अप भ्यान पनि आजको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । असार २४ गते मङ्गलवार आएको बाढीले १० स्थानमा स्थानमा करिब तेह्र सय मिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमीमा आवतजावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुनः अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर