विधेयक फिर्ताबारे राष्ट्रपति र सभामुखबिच छलफल

काठमाडौं । संवैधानिक परिषद्को संरचना र निर्णय प्रक्रियालाई प्रभाव पार्ने गरी ल्याइएको विवादास्पद विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसदमै फिर्ता पठाएपछि राज्यका दुई प्रमुख अंगहरू (राष्ट्रपति संस्था र संघीय संसद) बीच टकरावको स्थिति उत्पन्न भएको छ ।

संविधानको मर्म र लोकतान्त्रिक मूल्यमान्यता प्रतिकूल रहेको ठहर गर्दै राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि फिर्ता गरेलगत्तै सभामुख देवराज घिमिरेले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपतिसमक्ष पठाइएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई राष्ट्रपति पौडेलले गम्भीर संवैधानिक चासोसहित बिहीबार साँझ फिर्ता पठाएका थिए । राष्ट्रपतिको कदमपछि उत्पन्न राजनीतिक र संवैधानिक परिस्थितिबारे बुझ्न सभामुख घिमिरे शुक्रबार बिहानै शीतल निवास पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर