भाइले चलाएको पिकअप दुर्घटना हुँदा दाजुको ज्यान गयो

काठमाडौं । बिपि राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट बर्दिबासतर्फ आइरहेको पिक अप भ्यान बिपि राजमार्गस्थित सुनकोशी गाउँपालिका ६ सितलपाटीमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका ४ का धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहान करिब ३ बजे मृतक धर्मराजका भाइ निरोज रेग्मीले चलाएको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल खोंचमा खस्दा गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा जाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडी चालक निरोजको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर