साइबर अपराधमा दुर्गा प्रसाईंले सफाइ पाए

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय अपराध (साइबर क्राइम) को मु२ामा सफाइ दिएको छ । अदालतले बुधबार उनलाई दुईवटा साइबर अपराधको मुद्दामा कसुर नदिखिएकाले सफाइ दिएको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाइ दिने फैसला गरेको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो । उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । उक्त मुद्दामा सफाइ पाएपनि तीनकुनेको विध्वंसात्मक घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालतले नै उनलाई पुर्वक्षका लाथि कारागार चलान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर