काठमाडौंको चक्रपथको दोस्रो खण्ड विस्तार गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तारको क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
बैठकमा मन्त्री देवेन्द्र दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की–महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७ दशमलव २ किलोमिटर लामो सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया