प्रवक्ता गुरुङको चेतावनी : भ्रष्टाचार गर्नेलाई उम्कन दिइने छैन

काठमाडौं । सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचारमा संलग्न जो–कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।
बुधबार  सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले भ्रष्टाचारमा सरकार आँखा चिम्लिएर नबस्ने बताएका हुन्।
प्रवक्ता गुरुङले भने, “मन्त्री नै किन नहोस्, भ्रष्टाचार पुष्टि भएमा कारबाही हुन्छ। सरकार तथ्य र प्रमाणका आधारमा अघि बढ्छ।” उनले हालै राजीनामा दिएका सामान्य प्रशासनमन्त्रीको प्रसङ्ग उल्लेख गर्दै नैतिकताको सवालमा पनि सरकार जिम्मेवार रहेको जिकिर गरे।
त्यसैगरी, भिजिट भिसामा स्पेन गएर नफर्किएकाहरूको विषयमा सरकारले छानबिन सुरु गरिसकेको जानकारी पनि उनले दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर