पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो शनिबार बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उनलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएको केहीबेरमै उनको निधन भएको शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले जानकारी दिइन् । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार मुटुसम्बन्धी समस्या ‘कार्डियाक अरेस्ट’ बाट शर्माको निधन भएको हो ।
शर्मा २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन् । त्यसअघि उनले गोरखापत्र संस्थानबाट प्रकाशित ‘दि राइजिङ नेपाल’ मा १३ वर्ष काम गरेकी थिइन् । उनको जन्म २०२३ साल कात्तिकमा भएको हो ।
प्रतिक्रिया