बैतडीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं ।  बैतडीमा शनिबार बिहान भएको जिप दुर्घटनामा परी घाइते ८ जनामध्ये दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक डिलाशैनी गाउँपालिका–१ का २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

धनगढीबाट गणन्नातर्फ आइरहेको सु.प.प्र.१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर घाइते भएका डिलाशैनी गाउँपालिका–१ का ५१ वर्षीया कलमा धामी र सोही ठाउँका २७ वर्षीय राजेन्द्रबहादुर खत्रीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

दुर्घटनामा घाइते भएका डिलाशैनी –१ का ४५ वर्षीय रामकुमार राना, २५ वर्षीय हेमन्तप्रसाद भट्ट , २१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छोरी एलीसा खत्रीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप सडकबाट करिव ७० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर