रसुवाको केरुङ र लेन्देखोलामा अचानक बाढी

काठमाडौं । रसुवाको केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ । यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।
भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई बगाएको हाम्रा सम्वाददाता सुशिल कोइरालाले जनाएका छन् । यसैबीच स्थानीय प्रशासनले त्रिशूलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया