कुलिङ पिरियड छेडखानी छानविन संसदीय समिति गठन

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा उक्त समितिको घोषणा गरेका हुन् । । छानविन समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ । कार्यादेशमा त्रुटि कसबाट कानुनी कारवाहीको सिफारिसको सुझाव पेश गर्नेलगायतको अधिकार दिएको छ । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।
प्रतिक्रिया