पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७९ औँ वर्षमा प्रवेश
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७९ औँ वर्षमा प्रवेश गरेका छन् । उनको जन्मोत्सवको अवसरमा आज बिहानदेखिनै निर्मल निवासमा शुभचिन्तकहरूको लर्को लागेको छ । ज्ञानेन्द्र शाह असार २३ गतेका दिन स्वर्गवासी राजा महेन्द्र र महारानी कान्तिइश्वरी राज्यलक्ष्मी देवी शाहको माइलो छोराका रूपमा जन्म भएको थियो ।
पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । राजावादी दल राप्रपाले पूर्वराजाको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको र सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।
प्रतिक्रिया
