विद्या भण्डारीले गरिन सेवा र सुविधा फिर्ता

काठमाडौं । विद्या भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा सरकारले दिने सेवासुविधा फिर्ता गर्न भन्दै गृह मन्त्रालयमा निवेदन दिएकी छन् ।
उनले आजैका मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न गृहमा निवेदन दिएको उनको सचिवालयले जनाएको छ। उनका अनुसार सरकारले दिएको सचिवालय सुविधालगायतका सुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् । घरभाडा र गाडी भने उनले यसअघि पनि नलिएको सचिवालयले जनाएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले पनि भण्डारीको निवेदन आएको पुष्टि गरे । सुरक्षा बाहेकका सुविधा आजैका मितिदेखि लागू हुने गरी फिर्ता गर्न निवेदन आएको बताए ।
प्रतिक्रिया