बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गोरखामा बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका – १ स्थायी घर भएका ३४ वर्षीय शिक्षक विजयकुमार गिरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार नाबालिकालाई विभिन्न लोभलालच देखाई विगत एक वर्षदेखि गोरखाको एक आफ्नै विद्यायलमा अध्ययनरत बालिकालाई यौन आशयले शरीरका संवेदनशील अङ्गमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने, विद्यालय जाने बाटो ढुकी यौनजन्य कार्य गर्ने, विवाह गर्न दबाब दिनेलगायतको कार्य गरी बालयौन दुरुपयोग गरेको आरोप शिक्षक गिरीलाई लागेको थियो ।

बालयौन दुरुपयोगका आरोपमा पीडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा शिक्षक गिरीलाई असार ९ गते जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले आधारभूत विद्यालयबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

आरोपी गिरी शिक्षकविरुद्ध मङ्गलबार बालयौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर