मनसुन प्रवेश गरेको कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेशका धेरैजसो स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जसका कारण आज शुक्रबार साँझ कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी राति कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि कोशी प्रदेशकै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर