नारायणगढ–बुटवल सडक खण्डका स्थानीय आन्दोलित

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटका स्थानीयले सोमबार चक्काजाम गरेका छन् । सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको र दिनहुँ हैरानी खेप्न परेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
गैँडाकोट–२ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका थिए । उनीहरुले चाडपर्व नजिकिँदासमेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर विरोध गरे । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयले बताएका छन् । उनीहरुले बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर