सुर्खेत मालपोत कार्यालयमा आगलागी

काठमाडौं । सुर्खेत मालपोत कार्यालयमा आगलागी भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–७ स्थित मालपोत कार्यालयको जिन्सी (स्टोर) मा शनिवार साँझको समयमा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेको काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर र पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनले एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको बताए । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर