फार्ममा आगलागी हुँदा २४० बाख्रा जलेर नष्ट

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० मा आगलागी हुँदा २ सय ४० वटा बाख्रा जलेर मरेका छन् । स्थानीय विनोद खड्काको बाख्रा फार्ममा गएराति लागेको आगोले फार्ममा पालिएका १३ वटा बोकासहित २ सय ४० वटा बाख्रा जलेका हुन् ।

जलेका सबै बाख्रा उन्नत बोयर जातको भएको फार्म सञ्चालक खड्काले बताए । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगलागीबाट करिब २ करोड रुपैंयाबराबरको क्षति भएको छ । फार्म करिब ६ वर्षदेखि सञ्चालित थिए । प्रहरी र स्थानीय प्रशासनले घटनास्थलको सबै मुचुल्का तयार पारेर लगेको खडेकाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर