धनकुटामा गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु
काठमाडौं । धनकुटाको चुङमाङ्गमा गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । आफन्तको विवाहमा जाँदै गरेको हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दुर्घटनामा परेको थियो । गाडीमा १७ जना थिए । घाइते हुनेमा नेत्र कार्की, इन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, देवी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् ।
प्रतिक्रिया
