हुम्लाको उत्तरी भेगमा एक फिट हिमपात

काठमाडौं । हुम्लाको उत्तरी भेगमा एक फिट हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमि, चाला, मुचु, हिल्सा, यारी, तुम्कोट, खगालगाउँ, हेप्का केर्मी र सदरमुकाम सिमकोट गाउँपालिका आसपासमा शनिबार रातिदेखि हिमपात भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
हिमपातका कारण सदरमुकाम आउजाउ गर्न न्यालुलेख बन्द छ । प्रतिकूल मौसमका कारण हवाई उडान हुन सकेको छैन ।

हिमपातसँगै किसानहरूको भने अन्नबाली राम्रो हुने भन्दै खुशी भएका छन् । हिमालपारी लिमी हिउँ पछिल्लो समय हिउँ परेपछि गाउँमा छर्न तयार गरिएका नाफल, उवा राम्रो हुने नाम्खाका स्थानीयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर