नयाँ चुनिएका सांसदहरू शपथ ग्रहण आज

काठमाडौं । प्रतिनिधिसभाको रिक्त रहेको तीन सदस्य पदमा हालै उपनिर्वाचनमार्फत चुनिएका सांसदहरूले आज शुक्रबार शपथ ग्रहण लिँदैछन् ।
सभामुख देवराज घिमिरेले बारा २ का उपेन्द्र यादव, चितवन २ का रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई प्रतिनिधिसभाको सदस्य पदको गोपनियता तथा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
शपथ ग्रहणपछि आजै कै प्रतिनिधिसभाको बैठकमा उनीहरूले भाग लिने छन् ।
प्रतिक्रिया