मुगुमा हिमपात, माइनस ७ डिग्री सेल्सियस

काठमाडौं । मुगु जिल्लाको माथिल्लो मुगमकार्मारोङ गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिए । गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उनले बताए । हिमपातले गर्दा चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोेर्चे लामाले बताए । मुगुमा शनिबारको तापक्रम माइसन सात डिग्री पुगेको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ। जिल्लाका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउनलाग्दा चिसो बढेपछि बजारमा मालसामान किन्न जानेहरू समस्यामा परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर