रोल्पामा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडौं ।  शहीदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएको छ । आज मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर