सामाखुसी खोलामाथिको ढलान भत्काइँँदै

काठमाडौं । महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।
सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो । खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ ।
महानगरले सामाखुसी, रानीबारीलगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ । सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्धारमा समस्या भएको थियो । केही दिनअघि बगाएका बालकको शव दक्षिणकालीतिर भेटिएको थियो ।
प्रतिक्रिया