रुस–युक्रेन युद्धको अन्त्य खोज्दै अमेरिका
काठमाडौं । रुस–युक्रेनबीचको युद्ध टुंग्याउन अमेरिका र रुसबीच गोप्य वार्ता भइरहेको खुलेको छ। एक रिपोर्टअनुसार अमेरिकाले उक्त युद्धलाई अन्त्य गर्नका लागि रुससँग ‘ब्याकडोर डिप्लोमेसी’मार्फत वार्ता सुरु गरिरहेको समाचारमा जनाइएको छ ।
यो गोप्य वार्ता गत अप्रिलदेखि सुरु भएको हो। अहिले पनि यो वार्ता जारी रहेको छ। रुसको तर्फबाट यस ‘ब्याकडोर’ वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभ पनि सहभागी भइरहेको समाचारमा उल्लेख छ । यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अमेरिकी इन्टेलिजेन्स प्रमुख पनि निरन्तर संवाद र सम्पर्क रहेको बताइएको छ ।
कूटनीतिक वृत्तमा यसलाई ट्र्याक २ कूटनीति पनि भनिन्छ। वार्ताका लागि पुटिननिकट विदेशमन्त्री लाभरोभ न्युयोर्क पुगेका थिए। त्यहाँ उनले अमेरिकाका वरिष्ठ कूटनीतिज्ञसँग वार्ता गरेका थिए। अमेरिकाको तर्फबाट वार्तामा बसेका कूटनीतिज्ञ रिचर्ड हास हुन्। उनी काउन्सिल अन फरेन रिलेशन्सका प्रमुख हुन्। -एजेन्सी
