आज शुक्रबार पनि घट्यो सेयर बजार

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिनदेखि ओरालो लागेको नेप्से परिसूचकले आज पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।

शुक्रबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । आज बजारमा २०३ कम्पनीको सेयर मूल्य घट्दा ५९ कम्पनीको बढेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ४८१.२२ विन्दुमा कायम भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक घटेको छ भने दुई वटाको मात्रै बढेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । शुक्रबार ३५३ कम्पनीका १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर ४२ हजार ८२१ पटक किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर