मोदीले बालेनलाई दिए गंगाजलसहितको घडा उपहार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई गंगाजलसहितको घडा उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार प्रदान गरेका हुन् ।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए । यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार सेट प्रदान गरेका छन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टामा राखेर उक्त उपहार मोदीलाई दिएका हुन् ।
उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । प्रधानमन्त्री शाहले दिएको यो उपहार व्यक्तिगत रहेको बताइएको छ ।

प्रतिक्रिया
