भोलि मुस्लिम समुदायलाई सार्वजनिक छुट्टी

काठमाडौं । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको अवसरमा बिदा दिने जनाएको हो।

नेपाल राजपत्रमा प्रकाशित २०८३ सालको सार्वजनिक बिदासम्बन्धी व्यवस्थाअनुसार मोहम्मद जयन्तीका दिन बिदा दिने व्यवस्था छ। मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार बिदा घोषणा गरेको हो।यससँगै बुधबार मुस्लिम धर्मावलम्बीले मोहम्मद जयन्ती मनाउनेछन्। सरकारी सूचनाअनुसार बिदा सम्बन्धित समुदायका लागि लागू हुनेछ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर