राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको दर्शन
काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर छठी माताको दर्शन गर्नुभएको छ । उहाँले छठ पर्वका अवसरमा घाटमा भेला भएका श्रद्धालु तथा व्रतालुहरूसँगै पूजाअर्चनाको अवलोकन गर्नुभएको छ । छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।
प्रतिक्रिया
