काठमाडौं उपत्यकामा गथामुगः चर्हे मनाइयो
काठमाडौंं । काठमाडौं उपत्यकामा आज साउन २६ गते मंगलबार गथामुगः चर्हे मनाइएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन पर्ने घण्टाकर्णको प्रतीक स्वरूप छ्वाली, पराल र नर्कटको प्रयोग गरी राक्षसको आकृति दिई दोबाटो वा चौबाटोमा लगेर दाहसंस्कार स्वरूप जलाइएको थियो । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई काठमाडौं उपत्यकाको भित्री भागमा बस्ने संस्कृतिप्रेमीहरूले महत्त्वपूर्ण मान्छन्। आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्त्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वास छ। (तस्बिरःफाइल)
प्रतिक्रिया
