नार्कमा राष्ट्रिय धान दिवस सम्पन्न
काठमाडौं । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार नार्क परिसरमा आयोजित कार्यक्रममा वैज्ञानिक, प्राविधिक तथा कर्मचारीहरूले सामूहिक रूपमा धान रोपाइँ गरेका हुन्।
कार्यक्रममा सहभागीहरूले धान उत्पादन वृद्धि, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग र कृषिमा आत्मनिर्भरता हासिल गर्न अनुसन्धान तथा नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए।
धान रोपाइँसँगै सहभागीहरूले परम्परागत असारे संस्कृति अनुसार दही–चिउरा खाने कार्यक्रमसमेत गरेका थिए। कार्यक्रममा नार्कका पदाधिकारी, वैज्ञानिक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
