त्रिवि स्ववियु सभापतिलाई सिनेटबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट केन्द्रीय क्याम्पसको स्ववियु सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले आज शुक्रबार स्ववियु सभापतिलाई तत्कालका लागि विश्वविद्यालय सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रीय क्याम्पसका सभापति पदेन रूपमा उपस्थित हुने व्यवस्था थियो । सरकारले हालै जारी गरेको अध्यादेशमा स्ववियु सभापति पदेन सदस्य हुने व्यवस्था हटाइएको थियो । उक्त व्यवस्थाविरुद्ध स्ववियू सभापति एवं विश्वविद्यालय सभाका सदस्य दीपकराज जोशी सर्वोच्च अदालत गएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर