एसईई पूरक परीक्षाकाे समय तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी १ देखि ७ असारसम्म सञ्चालन हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने / गराउने गरी राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०१/२८ मा बसेको बैठकमा निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएकाे छ ।

668517307_2141244400003615_8763771468002168943_n-1778722318.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर