असार ३ गते बुधबार रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत

काठमाडौं । ललितपुरको रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत आउँदो असार ३ गते बुधबार जुरेको छ ।

ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा आज बिहान ज्योतिषहरुले मच्छिन्द्रनाथको रथ पश्चिम दिशाको यात्राका लागि साइत हेर्ने क्रममा यस बर्ष मलमास परेको कारण असार ३ गते रथ यात्राको उत्तम साइत भएको निष्कर्ष निकालेका हुन।

गत बैशाख ८ गते पुल्चोकबाट सुरु भएको रथ यात्रा गा:बहाल, सुन्धारा हुँदै लगनखेल पुर्‍याइएको छ । असार ३ गते मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइन्छ । रथ जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने जात्रा पछि यस बर्षको रथयात्रा सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर