महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न शोभा पाठक, चुनाव चिह्न जुत्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् ।

यस्तै भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् । पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ ।  सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ ।

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर