१२ वर्षपछि पुनर्जीवित नगदेशमा भैरवको जात्रा सम्पन्न

काठमाडौं ।  १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो ।

तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गरिन्छ ।

नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, पुंगालगायतका बाजाको तालमा भैरवलगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ । नाचका गुरुका अनुसार सहकाल, रोगव्याधिबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोप जस्ता विपदमा बच्न यो नाच प्रस्तुत गर्ने परम्परा रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर