काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा भीड लागेको छ ।
साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन् । साउन महिनाको सोमबार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
शिव पुराणलगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।