उपभोक्ता अदातलको फैसलाको विरोधमा अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द भएको छ।
उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने घोषणा गरेका थिए ।
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम छ।
प्रतिक्रिया
