एसईईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं ।  एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो। बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। आज शुक्रबार साँझ सार्वजनिक एसईईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

१ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण

परीक्षामा १ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ६७ हजार ५९७ अनुत्तीर्ण भएका हुन्। गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।

एसईईको पूरक परीक्षा मिति तय

एसईईको पूरक परीक्षा मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो । जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर