एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको एसईईको नतिजा सार्वजनिक गर्न बैठक अहिले बैठक बसिरहेको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक केहीसमय अघिबाट बसेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाकारी दिएको छ ।
उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने कामसमेत सकिएकाले बोर्डले आजै नतिजा प्रकाशन गर्न लागेको हो । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए ।
प्रतिक्रिया