मरुभूमि भएका देशमा मात्र फल्ने उम्रने खजुर स्याङ्जामा लटरम्मै !

काठमाडौं । साउदी अरेबिया र कतार जस्ता भरुभूमि भएका देशमा मात्र फल्ने उम्रने खजुर स्याङ्जामा पनि फल्न थालेको छ । जिल्लाको गल्याङ् नगरपालिका– ११ जिमुवामा यस वर्ष खजुर लटरम्मै फलेको छ । रोजगारका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले छुट्टीमा घरमा आउँदा खजुरको बिउ लिएर आएको र बालुवासहित मल माटो मिलाएर बिउ लगाउँदा दुई वटा बिउ उम्रेका थिए । लगातार मलजल गर्दै जाँदा बिरुवा हुर्कँदै गएर गत वर्ष अलिअलि फलेको खजुर यस पटक लटरम्मै फलेको स्थानीय बताउँछन् ।

खजुरका लागि घाम पर्ने जग्गा चाहिने र यसले ४०–४५ डिग्री तापक्रम पनि सहने भएका कारण विशेष गरी जिमुवामा पनि गर्मीको समयमा अत्यधिक गर्मी हुने भएकाले खजुर रोपेको उनले बताए । बिउ लगाएको ७ वर्षमा खजुर असाध्यै राम्रो फलेको छ । गाँउठाँउमै खजुर फल्न थालेपछि व्यावसायिक रूपमा खजुर खेती विस्तार गर्ने ढकालको भनाइ छ । जिमुवामा खजुर फलेपछि अहिले लटरम्म फलेको खजुर हेर्नका लागी दैनिक भीड लाग्ने गरेको कृषि बिउ उत्पादन फर्मका सञ्चालक रुमलाल कँडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर