भारतसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्दै

काठमाडौं ।  छिमेकी देश भारतसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् । यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट अघिल्ला भेरियन्टहरूजस्तो घातक नभएको जनाएको छ ।

यसले गम्भीर स्वास्थ्य समस्या सृजन गर्ने सम्भावना कम भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा सोमबार बिहानसम्म कोभिडका कारण ६५ जनाको मृत्यु भएको र करिब ७ हजार जना संक्रमित भएको समाचार सार्वजनिक भएको छ। नेपालमा भने १६ जना मात्र सक्रिय संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसवाट आत्तिन पर्ने अवस्था भने बनिनसकेको महाशाखाको भनाई छ । तर संक्रमण फैलन नदिन सावधानी भने अपनाउनु भने जरुरी रहेको महाशाखाले जनाएको छ । सीमा नाकाहरुमा भारतवाट आउनेहरुमा संक्रमण देखिनेक्रम बढे पछि अहिले सीमा नाकाहरुमा कडाई गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर