विदेशी अनुदान रोकिएपछि गैँडा गणना स्थगित

काठमाडौं । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ। दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन ।
यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैंडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए । महानिर्देशक कँडेलले भने, ‘गणना जस्तै गरी यकिन संख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।’
प्रतिक्रिया