यस्तो छ, त्रिवि स्ववियु निर्वाचन तालिका

काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लािग त्रिभुवन विश्वविद्यालयले सोमबार सम्म आज संघ/संगठन दर्ता गर्नुपर्ने बताउको छ । आगामी चैत ५ मा हुने स्ववियुको चुनावको लागि लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको छ।

जारी सूचनाका अनुसार फागुनमा २१ गते मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । त्यही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित हुने छ । त्यस्तै फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर