देशका अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया: सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया: सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो देशको हिमाली भू-भागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहने अनुमान गरिएको छ। हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया: सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
