जुनसुकै बेला आन्दोलनमा उत्रन तयार रहन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

अखिल नेपाल किसान महासंघको काठमाडौंमा मंगलबार आयोजित  बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको बताए।

‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुई वटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ। एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरु सधैं हरदम तयार हुनुहोला। आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने। कुनै पनि समयमा आन्दोलनमा जानुपर्ने हुन सक्ने भन्दै उनले तयारीमा जुट्न पनि आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर