आज मंगलबार पनि सुनचाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज मंसिर १ गते मंगलबार सुनको भाउ तोलामा एक हजार नौं सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ६७ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो सोमबार सुन प्रति तोला दुई लाख ६९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज मंगलबार भने चाँदीको मूल्य पनि घटेको छ। हिजो सोमबार चाँदी प्रति तोला तीन हजार पाँच सय २० रुपैयाँमा किनबेच भएकोमा आज चाँदी प्रति तोला ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ३० रुपैयाँ घटेको हो।
प्रतिक्रिया
