हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया: सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मुख्यतया: सफा रहने छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
प्रतिक्रिया
