आज साँझ र राति ठूलो पानी पर्न सक्ने सम्भावना

काठमाडौं । काठमाडौंलगायत देशका केही भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण वर्षा भइरहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार आज साँझ र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा वा हिमपात सम्भावना छ । विभागले आज शुक्रबार राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मौसमविद् विनोद पोखरेल रातभर कोशीदेखि बागमतीसम्म लगभग सबै ठाउँमा एकनासको हल्का वर्षा भइरहेको बताए । मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी भागमा पनि वर्षा सुरु हुने भएको उनले बताए । “आज अपराह्न वा साँझदेखि नेपालको पूर्वी नेपालका आधा भागमा भारी वर्षाको सम्भावना छ”, मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर